Follow Us:
Call Us: +977 9849626129

Phulbari

Phulbari

Being a natural garden with multi colored flowers, a meadow in Myagdi has been named as Phulbari (Flowering garden). Hiunchuli, Annapurna South, Annapurna I, Barah Himal, Nilgiri South, Dhampus Peak, Tukuche Peak (Manapathi), Dhaulagiri and Gurja Himal can be viewed side by side from Phulbari (2,925 meter) in Annapurna Rural Municipality-7. Phulbari is the base camp of Poonhill . 

Travelling uphill for an hour from Phulbari which lies in southwest from Poonhill, Poonhill can be reached. The Phulbari area has a dense forest of Rhododendron. Varieties of Rhododendron grow in the area. In addition, many other flowers also blossom there. The chirping of birds like damphe, munal can be heard. Deer can also seen in the forest.

Considering Phulbari as hub, many treks can be carried out. For example, from the Phulbari through Karbakeli, Nagi, Khopra, Maharedanda, Naka one can reach Shikha. In Phulbari, Yam Pun runs a Phulbari guesthouse while Gummaya Pun has a hotel Annapurna. There are 5 families living in Phulbari. In the past, the downstream villages of Rima, Ramche and Kaphaldanda used to keep their cattle sheds in the meadows  from Baisakh to Bhadra. Nowadays, they do not keep the sheds there. On 4 hour trek from Phulbari one can reach Karbakeli Than.

फूलबारी

रंगविरंगका फूल फूल्ने प्राकृतिक बगैंचा भएकाले म्याग्दीको एउटा खर्कको नाउँ नै फूलबारी राखिएको छ । अन्नपूर्ण गाउँपालिका–७ मा पर्ने फूलबारी (२,९२५ मिटर)बाट हिउँचुली, अन्नपूर्ण साउथ, अन्नपूर्ण प्रथम, बराह हिमाल, निलगिरि साउथ, धम्पुस पिक, टुकुचे पिक (मानापाथि), धौलागिरि र गुर्जा हिमाल लहरै देखिन्छन् ।

पुनहिलको आधारशिविर हो फूलबारी । पुनहिलबाट दक्षिण पश्चिममा पर्ने फूलबारीबाट एक घन्टाको उकालोमा पुनहिल पुगिन्छ । फूलबारी क्षेत्रमा गुराँसको घना जंगल छ । त्यस क्षेत्रमा धेरैथरिका गुराँस फूल्छन् । साथै थरिथरिका अन्य फूल पनि फूल्छन् । डाँफे, मुनाल सहितका चराको चिरबिर सुनिन्छ । त्यहाँ  जंगलमा मृगहरु समेत देख्न पाइन्छ ।  

फूलबारीलाई केन्द्र मानेर धेरैतिर पदयात्रा गर्न सकिन्छ । जस्तो कि फूलबारीबाट करबाकेली, नागी, खोप्रा, महरेडाँडा, नाका हुँदै शिख पुग्न सकिन्छ । 

फूलबारीमा याम पुनले फूलबारी गेस्ट हाउस चलाएका छन् भने गुममाया पुनले होटल अन्नपूर्ण । फूलबारीमा ५ परिवारको बसोबास छ । पहिला पहिला तलतिरका गाउँहरु रिमा, राम्चे र काफल डाँडाका गाई भैंसी वैशाखदेखि भदौसम्म फूलबारीका खर्कमा राखिन्थ्यो । अचेल गोठ राख्ने चलन छैन । 

फूलबारीबाट ४ घन्टा पदयात्रामा करबाकेली थान पुगिन्छ ।